लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

        Loading...
nepal

हाम्रो बारेमा

परिचय

मुलुकको अर्थतन्त्र उकास्न लघु, घरेलु तथा साना उद्योगको महत्वपूर्ण स्थान रहेको छ । स्थानीय कच्चा पदार्थ स्रोत साधन, परम्परागत सीप र प्राविधिमा आधारित लघु, घरेलु तथा साना उद्योगहरुको स्थापना, विकास, विस्तार संरक्षण एवं संवर्द्धधनको लागि प्रशासनिक तथा प्रवर्द्धधनात्मक कार्य मार्फत सघाउ पुर्याउने उद्देश्यले घरेलु तथा साना उद्योग विभाग अन्तरगत जिल्ला स्तरीय कार्यालयको रुपमा वि.स. २०३९ सालमा यस कार्यालयको स्थापना भएको हो । देशको अर्थतन्त्रको समुचित विकासको लागि औद्योगिक लागानीको वातावरणलाई बढी सुविधा जनक,सरल र उत्साह बर्द्धक बनाई उत्पादकत्वमा अभिबृद्धि गरि प्रतिस्पर्धात्मक ढङ्गबाट औद्योगिक व्यवसायहरु प्रmस्टाउने वातावरण निर्माण गर्न, श्रममुलक देशको परम्परागत सिप, कला र संस्कृतिको विकास र स्थानीय कच्चापदार्थको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्ने कार्यमा यो कार्यालय निरन्तर लागि रहेको छ । यो कार्यालयको परासी बजार स्थिति  ०१५ जग्गामा निर्मित आफनै भवन रहेको छ ।